ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुल्चोक ‘सी’ डिभिजन लिगको शीर्षमा

रानीबन र स्वयम्भु बराबरीमा 
सोमबार, जेठ ७, २०८१

काठमाडौँ  :स्पोर्ट्स एकेडेमी साँगालाई हराउँदै घरेलु टोली पुल्चोक  स्पोर्ट्स क्लब शहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवार भएको पहिलो खेलमा साँगामाथि ५–१ गोलको फराकिलो जित निकाल्दै पुल्चोक १९ अंक सहति शिर्ष स्थानमा पुगेको हो ।

पुल्चोकको जितमा सिरब लो तामाङले दुई गोल गरे । यस्तै सागर थिङ, सुमन श्रेष्ठ र विश्वास बीसीले एक÷एक गोल गरे  । साँगाका लागि विकाश परियारले एक गोल फर्काए । शिर्ष स्थानको पुल्चोकले खेलेका ९ खेलमध्ये ६ मा जित, २ मा हार र एकमा बराबरी सहित १९ अंक जोडेको हो ।  

सोमवारनै भएको रानीबन स्पोर्ट्स क्लब र स्वयम्भु क्लबबीचको खेल भने बराबरीमा सकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज साँझ भएको खेलमा दुबै टोलीले गोलरहित बरबरी खेल्दै एक/एक अंक बाँडेका हुन् । बराबरीसंगै बार्हौ स्थानको रानीबनले ७ अंक जोडेको छ । १३ औँ स्थानको स्वयम्भुले ६ अंक जोडेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्