HAPPY NEW YERA HAPPY NEW YERA

अस्ट्रेलियन ओपन करातेमा एरिकालाई स्वर्ण 

शनिबार, चैत २३, २०८१

काठमाडौँ :अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् ।

यही चैत्र २२ गते देखि भएको प्रतियोगितामा  एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै ६७ केजी मुनी  सन्तोष श्रेष्ठ,  ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्ष बुढा मगरले कास्य पदक प्राप्त गरेका छन् ।  
प्रतियोगितामा सहभागी हुन नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अष्ट्रेलियको सिड्नी पुगेकोे थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्