ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

पहिलो क्वालिफायरमा आज कोलकता र हैदरावाद भिड्दै

मंगलबार, जेठ ८, २०८१

काठमाडौँ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा मंगलवार पहिलो क्वालिफायर खेल हुने भएको छ । पहिलो क्वालिफायरमा शिर्ष स्थानको कोलकता नाईटराईडर्स र दोस्रो स्थानको सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यी दुई टोलीबीचको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार वेलुकी ७ :४५ बजे हुनेछ । बिजेता टोली सिधै फाईनलमा पुग्ने छ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ  ।

कोलकता २० अंक सहित लिगको शिर्ष स्थानमा छ ।  १७ अंक सहित हैदरावाद दोस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्