ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चेन्नेईलाई हराएको दिल्ली आइपिएलको शिर्षमा 

शनिबार, चैत २३, २०८१

काठमाडौँ : चेन्नेई सुपर किङ्सलाई २५ रनले हराउँलै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ ।

आज भएको पहिलो खेलमा चेन्नेईविरुद्ध जित निकाल्दै दिल्ली ६ अंक सहित शिर्ष स्थानमा पुगेको हो । जितकालागि दिल्लीले दिएको १८४ रनको लक्ष्य पछ्याएको चेन्नेनाईले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो ।  उसकालागि विजय शंकरले सर्वाधिक ६९ रन बनाए । महेन्द्र सिं धोनीले ३० रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । उसकालागि केएल राहुलले सर्वाधिक ७७ रनको योगदान गरे ।

अभिषेक पोर्लले ३३ रन बनाउँदा ट्रिस्टन स्टब्स २४ रनमा अविजित रहे ।कप्तान अक्षर पटेलले २१ तथा समिर रिज्भीले २० रन जोडे ।  

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्