सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किङ्सले पहिलो हार ब्यहोरेको छ ।
शनिबार राती भएको खेलमा पञ्जाव राजस्थान रोयल्ससंग ५० रनले पराजित भएको हो । जितकालागि राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १५५ रन मात्रै जोड्न सक्यो ।
पञ्जाबका लागि निहाल बाधेराले सर्वाधिक ६२ तथा ग्लेन म्याक्सवेलले ३० रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो । राजस्थानका लागि यसस्वी जयसवालले सर्वाधिक ६७ रन जोडे । रियान परागले ४३ ,कप्तान सञ्जु सामसनले ३८ रन जोडे तथा सिम्रन हटमायरले २० रन बनाए ।
हारसंगै दोस्रो स्थानबाट पञ्जाव चौथो स्थानमा झरेको छ ।