ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मुलपानीमा नेपाल र अफगानिस्तान भिड्दै

आइतबार, चैत २४, २०८१

काठमाडौँ : नेपाल र अफगानिस्तानबीचको दोस्रो यू–१९ एक दिवशीय क्रिकेट आज हुँदै छ ।

बिहान ९:३० बजे मुलपानी क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली पहिलो जितको हुनेछ ।  श्रृखंला अन्तर्गतको पहिलो खेलमा अफगानिस्तानसंग १३० रनले पराजित भएको घरेलुटोलीलाई आज श्रृखंला बराबरी गर्ने अवसर छ । पाहुना टोली भने एक खेल अगावै श्रृंखला जित्ने योजनाकासाथ मैदान उत्रदैँछ ।

घरेलु मैदानमा हुने यू–१९ विश्वकप छनौटको तयारी स्वरुप नेपालले अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल भ्रमणमा रहेको अफगानिस्तानले नेपालसंग ३ खेलको ओडिआई सिरिज खेल्नेछ ।

पहिलो खेलमा हार भोगेको नेपाल सिरजमा १–० ले पछि छ । अन्तिम खेल बुधवार हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्