ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अफगानिस्तानबाट नेपालले पायो १६९ रनको लक्ष्य

आइतबार, चैत २४, २०८१

काठमाडौँ :अफगानिस्तान विरुद्को दोस्रो एक दिवशीय यू–१९ क्रिकेटमा नेपालले १६९ रनको लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको अmगानिस्तानले निर्धारित सवै विकेट गुमाएर १६८ रन बनायो । उसकालागि कप्तान माहाबुब खानले सर्वाधिक ५८ रन जोडे । रुहुल्लाह अरबले २७ तथा उजाईरुल्लाहले १९ रन बनाए । बलिङतर्फ सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । घरेलु मैदानमा हुने यू–१९ विश्वकप छनौटको तयारी स्वरुप नेपालले अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपाल भ्रमणमा रहेको अफगानिस्तानले नेपालसंग ३ खेलको ओडिआई सिरिज खेल्नेछ ।

पहिलो खेलमा हार भोगेको नेपाल सिरजमा १–० ले पछि छ । अन्तिम खेल बुधवार हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्