सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ : नेपाल विरुद्दको एक दिवशीय यू–१९ क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ ।
आज भएको आफ्नो दोस्रो खेलमा पनि नेपाल १ रनले पराजित भएपछि अफगानिस्तानले एक खेल अगाबै सिरिज २–० ले जितेको हो । जितकालागि पाएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सवै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो । नेपालकालागि शाहिल पट्टेलले सर्वाधिक ६४ रनको योगदान गरे ।
अभिषेक तिवारीले २४,ध्रुब्र सोनारले २१,निरज कुमार यादबले १५ तथा कप्तान नरेन भट्टले १३ रन जोडे । सिब्रीन श्रेष्ठले २ रन बनाए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको अmगानिस्तानले निर्धारित सवै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसकालागि कप्तान माहाबुब खानले सर्वाधिक ५८ रन जोडे । रुहुल्लाह अरबले २७ तथा उजाईरुल्लाहले १९ रन बनाए । बलिङतर्फ सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए ।
घरेलु मैदानमा हुने यू–१९ विश्वकप छनौटको तयारी स्वरुप नेपालले अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।