सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग (आईपीएल)मा क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ ।
गएराति भएको खेलमा हैदरावादलाई सात विकेटले हराउँदै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि हैदरावादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
गुजरातको जितमा कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए । वाशिंगटन सुन्दरले ४९ तथा शेरफान रुदर फोर्ड ३५ रनमा अविजित रहे ।
त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो । उसकालागि नितिश कुमार रेड्डीले सर्वाधिक ३१ रन जोडे । हेईनरिच क्लासेनले २७, इशान किशनले १७ तथा कप्तान पाट कमिन्सले अविजित २२ रन बनाएका थिए ।
बलिङतर्फमा मोहम्मद शिराज एक्लैले ४ विकेट लिए ।