ADD FOR WEBSIDE ADD FOR WEBSIDE

‘सी’ डिभिजन लिगमा आज पनि दुई खेल

मंगलबार, जेठ ८, २०८१

काठमाडौ :शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलमा मंगलवार पनि दुई खेलहरु हुने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सामाजिक युथ क्लब  र खालीवारी युवा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

११ अंक सहित ८ औँ स्थानमा रहेको  समामाजिक जित निकाल्दै लिगको ५ औँ स्थानमा उक्लने दाउमा छ । ९ अंक सहित १० औँ स्थानमा रहेको खालीवारी पनि जित निकाल्दै ८ औँ स्थानमा उक्लन चाहान्छ । यी दुई टोली बीचको खेल दिउँसो १:३० बजे हुनेछ ।

मंगलवारनै हुने दोस्रो खेलमा सानेपा क्लब र स्वसियल वेलफेयर स्पोर्ट्स सेन्टर क्लबबीच प्रतिस्पर्धा हुने छ । यी दुई टोलीबीचको खेल अपरान्ह ४ बजे एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ । १३ अंकको स्वसियल ५ औँ स्थानमा छ भने ११ अंक सहित सानेपा ९ औँ स्थानमा छ ।

जारी लिगमा १९ अंक सहित पुल्चोक  स्पोर्ट्स क्लब शिर्ष स्थानमा छ । समान अंकको आरसी ३२ दोस्रो तथा १७ अंकको वागमती तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्