सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :हङकङमा हुने टी–२० आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता खेल्न जाने टोलीको बिदाई गरेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रस सहभागि नभएपछि उक्त श्रृखंलाको प्रशिक्षक पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन् ।
बिदाई कार्यक्रममा बोल्दै प्रशिक्षक मल्लले अभ्यास राम्रो भएको र आगामी महत्त्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताएका छन् । कप्तान रोहित पौडेलले पनि तयारी राम्रो भइरहेको उल्लेख जितेर फर्कने बताएका छन् । पर्सीबाट सुरु हुने प्रतियोगितामा हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुनेछन् ।
आफ्नो पहिलो खेलमा नेपालले कतारसंग खेल्नेछ ।