सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : यू–१९ साफ च्याम्यिन्ससीप फुटबलको बन्द प्रशिक्षणमा रहको ९ जना खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबलसंघ एन्फाले बन्द प्रशिक्षणमा रहेका ४२ खेलाडीमध्ये ९ जनालाई बाहिर निकालेको हो । अब टोलीमा ३३ जना खेलाडी मात्रै रहनेछन् । यसअघि एन्फाले ५८ खेलाडीबाट ४२ मा झारेको थियो । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आज अन्तिम कटौती गर्दै ५८ खेलाडीको प्रारम्भिक समूहबाट टोलीलाई घटाएका हुन् ।
टोलीले आगामी मे ९ देखि १८ सम्म भारतमा हुने साफ यू–१९ च्याम्पियनसिप फुटबल खेल्नेछ ।
यस्तो छ अन्तिम ३३ दस्यी नेपाली टोली
गोलकिपरः भक्तबहादुर परियार, पेम्बा नोर्बु भोटे, विशेष बानिया, उपेन्द्र लवान, रोजन प्रधान
डिफेन्डरः रोशन तामाङ, करण तामाङ, सुजलमान घले, समिर थापा, रोहन मोक्तान, प्रशान्त मोक्तान, सिद्धान्त खड्का, कुसन नेम्वाङ, एकराज बुढाथोकी, मदन पौडेल, राम थापा, निशान बान्तवा
मिडफिल्डरः कृष्णबहादुर आले, कृष मगर, सरोज दर्लामी, लच्छु थापा, पवन पाख्रिन, सविन लुंगेली मगर, धर्मेन्द्र कुँवर, विनायक थारु, विज्ञान खड्का, रञ्जित लामा, विक्रम गौतम
फरवार्डः सुजन डंगोल, सुवास बम, सन्तोष गोङ्वा, प्रसुन तामाङ, विजय उर्बा