सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इन्डियन प्रिमिर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलुरुले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
वानखेडे रंगाशालामा सोमवार राती भएको खेलमा बैंलुरुले मुम्बईलाई १२ रनले पराजित गरेको हो ।
जितकालागि २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २०९ रन मात्रै बनाउन सक्यो । उसकालागि तिलक वर्माले ५६ तथा कप्तान हार्दिक पाण्ड्याले ४२ रन जोडे । सूर्य कुमार यादवले २८ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको बैंलुरुले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो । उसकालागि विराट कोहलीले सर्वाधिक ६७ रन जोडे । कप्तान रजत पतिदारले ६४,जितेश शर्माले ४० तथा देवदत्त पडिक्कलले ३७ रन बनाए ।
जितका बाबजुत ६ अंक जोडेको बैंग्लुरु तेस्रो स्थानमा यथावत छ ।