HAPPY NEW YERA HAPPY NEW YERA

पब्जी खेल्न उज्वेकिस्तान उड्यो नेपाली टोली

मंगलबार, चैत २६, २०८१

काठमाडौँ :नेपालका चार खेलाडी पब्जी खेल्न उज्वेकिस्तान उडेको छ ।

यहि अप्रिल १० देखि १४ तारिखसम्म उज्वेकिस्तानको तास्केन्टमा हुन लागेको पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपालबाट चार जना खेलाडी उडेका हुन् ।

नेपालकातर्फबाट सुविन प्रजापतिको कप्तानीमा मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठ सहभागि छन् ।

चार जना खेलाडीसहित प्रशिक्षक विपुल भट्टराई तथा व्यवस्थापक संगीता गुरुङलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोट्र्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले बिदाई गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्