सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : सहिद स्मारक बी डिभिजन लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडले लगातार पाचौँ जित निकालेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको खेल मैदानमा आज भएको खेलमा प्लानिङ ब्वाइजले सरस्वती युथ क्लबलाई ३–० ले हराएको हो ।
प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डंगोल, सरोज कार्की र फागुराम थारुले एक/एक गोल गरे । जितसँगै प्लानिङ ब्वाइजले पाँच खेलमा १५ अंक जोडेको छ । लगातार तेस्रो पराजय बेहोरेको सरस्वती समान खेलबाट ६ अंकका साथ आठौं स्थानमा छ ।
लगातार तेस्रो हार व्यहोरेको सरस्वतीको समान खेलबाट ६ अंक रहेको छ ।