HAPPY NEW YERA HAPPY NEW YERA

लखनाउले कोलकात्तालाई दियो २३९ रनको लक्ष्य 

मंगलबार, चैत २६, २०८१

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा लखनाउ सुपर जायन्ट्ले कोलकात्ता नाईट राईडर्ससामु जितकालागि २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इर्डन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको लखनाउले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । उसकालागि निकोल पुरनले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८७ रनको योगदान गरे । ३६ बल खेलेको उनले ७ चौका र ८ छक्का हिर्काए । 

मिचेल मार्सले ८१ रन जोडे । ४८ बलको सामना गरेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । एर्डन मार्करामले ४७ रन बनाए । अब्दुल समादले ६ तथा डेबिट मिलरले ४ रन बनाए ।

समान ४ खेल खेलका दुबै टोलीले दुईमा जित र दुईमा हार भोगेको छ । समान ४ अंक जोडेको कोलकात्ता छैटौँ तथा लखनाउ ७ औँ स्थानमा छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्