सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यू–१९ पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान भट्टसंगै अभिषेक तिवारी, निरज कुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा रहेका छन् ।
प्रतियोगिता आगामी अप्रिल १३ देखि १९ सम्म मुलपानीमा रहेको तल्लो र माथिल्लो दुवै मैदानमा खेलाईने छ ।
नेपालले आफ्नो पहिलो खेल यूएईसँग अप्रिल १३ मा मूलपानी मैदानमा खेल्नेछ । दोस्रो खेल अप्रिल १६ मा हङकङ तथा अप्रिल १९ मा अफगानिस्तानसंग खेल्ने तालिका छ ।