HAPPY NEW YERA HAPPY NEW YERA

कोलकात्ता  लखनाउसंग ४ रनले हार्‍यो

मंगलबार, चैत २६, २०८१

काठमाडौँ : इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा लखनाउ सुपर जायन्ट्सले कोलकात्ता नाईट राईडर्स लाई ४ रनले पराजित गरेको छ ।

लखनाउले दिएको २३९ रन को लक्ष्य पछ्याएको कोलकात्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर २३४ रन मात्रै बनाउन सक्यो । उसकालागि कप्तान अजिन्क्या रहानेले सर्वाधिक ६१ रन जोडे । वेन्कटेस ऐय्यरले ४५ ,रिंकु सिंहले ३८ तथा सुनिल नरैनले ३० रन बनाए ।

त्यस अघि कोलकात्ताको इर्डन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको लखनाउले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । उसकालागि निकोल पुरनले सर्वाधिक ८७ रनको योगदान गरे ।

मिचेल मार्सले ८१ ,एर्डन मार्करामले ४७ , अब्दुल समादले ६ तथा डेबिट मिलरले ४ रन जोडे ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्