HAPPY NEW YERA HAPPY NEW YERA

पञ्जावसंग चेन्नई पराजित

बुधबार, चैत २७, २०८१

​​​​​​काठमाडौँ :इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा पन्जाबले चेन्नईलाई १८ रनले पराजित गरेको हो । जितकालागि पन्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित ओभरमा  ५ विकेट गुमाउँदै २०१ रन मात्र जोड्न सक्यो । पन्जाबको जितमा प्रियांश आर्यले विष्फोटक ब्याटिङ गर्दै शतकिय पारी खेले । ३९ बल खेलेका उनले ९ छक्का र ७ चौकाको मद्दतमा १०३ रन बनाए ।

चेन्नईका लागि डेभिड कोन्वेले ६९ रन बनाए । शिवम् दुवेले ४२,रचिन रविन्द्रले ३६ रन जोडे भने उनी रिटायर्ड हर्ट भएका थिए ।  महेन्द्र सिंह धोनीले २७ रन जोडे । ४ खेलमा तीन जितसहित पन्जाब चौथो स्थानमा छ ।

पाँच खेलमा लगातार चौथो हार व्यहोरेको चेन्नई नवौँ स्थानमा रहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्