ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यी हुन आईपिएलपछि सन्यासको तयारीमा रहेका खेलाडीहरु

मंगलबार, जेठ ८, २०८१

काठमाडौँ  : भारतमा जारी ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट २०२४ को अन्तिम तिर आईपुग्दा धेरै युवा खेलाडीका साथसाथै दिग्गज खेलाडीहरूले मैदानमा आफ्नो जादू देखाए । अनुभवी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै धेरै किर्तिमानहरु पनि कायम गरे ।

धेरै प्रशंसकहरुको मन जित्न सफल खेलाडीहरुमध्ये केहि खेलाडीले यसपटकको आईपिएलनै अन्तिम खेल बनाउन सक्ने खबरहरु सार्बजनिक भईरहेका छन् । यस आईपिएल सकिने बित्तिकै सन्यास लिने तयारीमा रहेका पाँच क्रिकेटरहरुको बारेमा आज हामी चर्चा गर्ने छौँ । 


-को–को हुन् ? ती पाँच खेलाडी जो अर्को सिजनको आईपिएलमा मैदानमा देख्न गाह्रो हुन सक्छ ?


१. महेन्द्र सिंह धोनीः भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी सन्यास लिने तयारीमा छन् । पाँच ट्रफी अनि असंख्य म्याच जित्ने खेलाडीहरुको सुचीमा रहेका धोनी अब क्रिकेटबाट बाहिर बस्ने मनस्थितमा रहेका छन् । आईपीएलमा लगभग सबै कुरा उनले हासिल गरेका छन् भन्दा फरक नपर्ला । चेन्नई सुपर किंग्समा आवद्ध धोनी उनको टीम आईपिएलबाट बाहिरिएपछि  चाँडै सन्यास लिने तयारीमा रहेका छन् । 
२.फाफ डु प्लेसिसः दक्षिण अफ्रिकाका पूर्ब कप्तान फाफ डु प्लेसिस पनि सन्यासको तयारीमा छन् । ३९ बर्षिय प्लेसिस आईपिएलमा रोयल च्यालेन्जर्स बैंग्लुरु आरसीबीबाट खेलिरहेका छन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले गत वर्ष पनि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका थिए । आईपीएल २०२४ नै उनको अन्तिम सिजन हुन सक्ने चर्चा अन्तराष्ट्रिय मिडियामा चर्चा छ । 

३.शिखर धवनः भारतीय राष्ट्रिय टोलीका पूर्ब खेलाडी शिखर धवन पनि सन्यासको तयारीमा देखिन्छन् । सन् २०१५ को विश्वकपमा भारतकालागि सबैभन्दा धेरै रन उनलै बनाएका थिए । आईपिएल सन् २०१३ र २०१७ मा सबैभन्दा धेरै रन बनाउँदै गोल्डेन ब्याटबाट सम्मानित उनी बायाँहाते ओपनर ब्याट्सम्यान पनि हुन् ।  आईपीएलको इतिहासमा लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडीको किर्तिमान समेत बनाएका  थिए ।  ाईपीएलमा विराट कोहलीपछि दोस्रो सर्वाधिक रन बनाउने खेलाडीको किर्तिमान उनकै नाममा छ । गत सिजनदेखि पञ्जाब किंग्सको कप्तानी सम्हालेका छन् । यनको पनि यहि आईपिएल अन्तिम हुने छ ।

४.पियुष चावलाः आईपीएल २००८ देखि मुम्बई इन्डियन्सबाट खेल्दै आएका लेग स्पिनर पियुष चावलाले पनि आफ्नो अन्तिम आईपीएल सिजन खेल्दैछन्। उनले अहिलेसम्म १८४ खेलमा १८१ विकेट लिएका छन् । उनले पनि यहि सिजनबाट क्रिकेटलाई बाईबाई गर्दैछन् । 


५.दिनेश कार्तिकः सन्यास लिने खेलाडीको सुचीमा दिनेश कार्तिकको नाम पनि समावेश छ । उनी रोयल च्यालेन्जर्स बैंगलुरुको एक महत्वपूर्ण हिस्सा हुन् । ब्याटिङमा उनले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्