सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :हङकङमा जारी फोर नेशन्स कप टि–२० क्रिकेटमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।
मोङककमा टस जितेको नेपालले सुरुवाती फिल्डिङ रोजेपछि ब्याटिङमा तानिएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो । उसकालागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान गरे । शाहजैब यामिलले ३१, मुजीब–उर–रहमानले २० तथा अरुमुगगणेश नागराजनले १३ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामी,करण केसी ,ललित नारायण राजवंशी,नन्दन यादव र गुल्शन झाले एक एक विकेट लिए ।
अप्रिल ९ देखि १३ सम्म हुने शृंखलामा घरेलु टोली हङकङसहित नेपाल, कतार र कुवेत सहभागी छन् ।