सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेशन्स कप टि–२० क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
बुधवार भएको खेलमा नेपालले कतारलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितकालागि कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ३८ रनको योगदान गरे । कप्तान रोहित पौडेलले ३७, आशिफ शेखले ३३ तथा बसिर अहमदले ३० रन बनाए ।
त्यसअघि हङकङको मोङककमा टस जितेको नेपालले सुरुवाती फिल्डिङ रोजेपछि ब्याटिङमा तानिएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएकाे थियाे। उसकालागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान गरे । शाहजैब यामिलले ३१, मुजीब–उर–रहमानले २० तथा अरुमुग–गणेश नागराजनले १३ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामी,करण केसी ,ललित नारायण राजवंशी,नन्दन यादव र गुल्शन झाले एक एक विकेट लिए । भोली हुने दोस्रो खेलमा नेपालले कुबेतको सामना गर्नेछ । प्रतियोगिताको शिर्ष स्थानमा रहने दुई टोली फाईनल पुग्नेछन् ।
अप्रिल १३ सम्म हुने शृंखलामा घरेलु टोली हङकङसहित नेपाल, कतार र कुवेत सहभागी छन् ।
भिडियो हुर्नहोस :