सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अफगानिस्तान विरुद्दको यू–१९ एक दिवशीय क्रिकेटमा नेपालले सान्त्वना जित निकालेको छ ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई डिएलएस नियम अनुसार ८५ रनले पराजित गरेको हो । जितकालागि नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा २०.१ ओभरमा अफगानिस्तानले ४६ रन बनाउँदा ६ विकेट गुमाएको अबस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा नेपाल डिएलएसबाट विजयी भएको हो ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिठङ थालेको नेपालले ४४.५ ओभरमा सवै विकेट गुमाएर १९१ रन मात्रै बनाएको थियो । नेपालकालागि साहिल पटेलले सर्वाधिक ४६ रनको योगदान गरे । निरज कुमार यादवले ४२ तथा रोशन विश्वकर्माले २८ रन जोडे । कप्तान नरेन भट्टले २२ तथा दर्श सोनारले १० रन जोडेका थिए ।
अफगानिस्तानका हाफिज जद्रानले चार विकेट लिए । सिरिज भने अफगानिस्तानले एक खेल अगावै जितिसकेको छ ।