सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ ।
बुधवार राती भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरात शिर्ष स्थानमा उक्लिएको हो । गुजरातले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा अल आउट हुन पुग्यो ।
उसकालागि सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए । कप्तान सन्जु सामसनले ४१ तथा रियान परागले २६ रन जोडे । गुजरातका प्रसिद्ध कृष्णाले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो । उसकालागि साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए । जस बटलर र शाहरुख खानले समान ३६ रन जोडे ।
शिर्ष स्थानमा पुगेसंगै गुजरातले ५ खेलबाट ८ अङ्क बनाएको छ ।