सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : हङकङमा जारी फोर नेशन्स कप टि–२० क्रिकेटमा कुबेतले नेपाललाई १८६ रनको बलियो लक्ष्य दिएको छ ।
मोङककमा नेपालका कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेपछि ब्याटिङमा तानिएको कुबेतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनायो । उसकालागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रनको योगदान गरे ।
मिट भावसरले ३५, बिलाल ताहिरले ३२ तथा रविजा सन्दारुवानले २६ रन जोडे । कप्तान मोहम्मद आसलमले १७ तथा उस्मान पटेलले १३ रन बनाए ।
बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नितेश यादबले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट लिए । टि–२० मा डेब्यु गरेका नितेशले आफ्नो पहिलो खेलमै विकेट लिएका हुन् । बुधवार भएको पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको नेपाल आज दोस्रो जितको खोजिमा छ ।
अप्रिल १३ सम्म हुने शृंखलामा घरेलु टोली हङकङसहित नेपाल, कतार र कुवेत सहभागी छन् ।
प्रतियोगिताको शिर्ष स्थानमा रहने दुई टोली फाईनल पुग्नेछन् ।