HAPPY NEW YERA HAPPY NEW YERA

भुर्तेल र आशिफको बिस्फोटक ब्याटिङमा कुबेत पराजित

बिहीबार, चैत २८, २०८१

काठमाडौँ : कुशल भुर्तेल र आशिफ शेखले बिस्फोटक ब्याटिङ गरेपछि हङकङमा जारी फोर नेशन्स कप टि–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको आफ्नो दोस्रो खेलमा नेपालले कुबेतलाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । जितकालागि कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८१ रनको योगदान गरे । ५० बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे । आशिफ शेखले ५३ रन बनाए । दिपेन्द्र सिं ऐरीले ३१ रन जोड्दा गुल्शन झा ९ रनमा अविजित रहे  । कप्तान रोहित पौडेल र कुशल मल्लले समान ४-४ रन जोडे ।

त्यसअघि मोङककमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा तानिएको कुबेतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । उसकालागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रनको योगदान गरे । मिट भावसरले ३५, बिलाल ताहिरले ३२ तथा रविजा सन्दारुवानले २६ रन जोडे ।

कप्तान मोहम्मद आसलमले १७ तथा उस्मान पटेलले १३ रन बनाए । बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नितेश यादबले २ तथा ललित राजवंशी, कुशल भुर्तेलले एक–एक विकेट लिए ।

टि–२० मा डेब्यु गरेका नितेशले आफ्नो पहिलो खेलमै विकेट लिएका हुन् । बुधवार भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो ।

अप्रिल १३ सम्म हुने शृंखलामा घरेलु टोली हङकङसहित नेपाल, कतार र कुवेत सहभागी छन् ।

प्रतियोगिताको शिर्ष स्थानमा रहने दुई टोली फाईनल पुग्नेछन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्