सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :कुबेत बिरुद्दको खेलमा नेपालका कुशल भुर्तेलले राष्ट्रिय किर्तिमान बनाएका छन् ।
टि–२० आई क्रिकेटमा सवैभन्दा धेरै अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बनेका छन् । उनले ११ अर्धशतक प्रहार गर्दै किर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
यसअघि उक्त किर्तिमान दिपेन्द्र सिं ऐरीको नाममा थियो । ऐरीले १० अर्धशतक प्रहार गरेका छन् । कुबेतलाई ६ विकेटले पराजित गर्दा भुर्तेल नायक बने । उनले उक्त खेलमा सर्वाधिक ८१ रन बनाएका थिए ।