सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेशन्स कप टि–२० क्रिकेटमा नेपालले शनिवार घरेलु टोली हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार शनिवार विहान सवा ११ बजे सुरु हुनेछ । हङकङलाई हराएमा नेपाल सिधै फाइनलमा पुग्ने छ । यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल उच्च मनोवलका साथ खेल्ने रणनितिमा छ । त्यसअघि हुने पहिलो खेलमा कुवेत र कतारबीच प्रतिस्पर्धा हुँदैछ ।
जितबिहिन रहेको कतारको फाइनल सम्भावना सकिसकेको छ । नेपालसहित हङकङ र कुवेत मध्ये दुई टोली फाइनलमा पुग्नेछ । अन्य दुई टोलीले तेस्रो स्थानकालागि प्रतिस्पर्धा गर्नेछ ।
अप्रिल १३ सम्म हुने शृंखलामा घरेलु टोली हङकङसहित नेपाल, कतार र कुवेत सहभागी छन् ।