सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमो दिल्ली क्यापिटल्सले लगातार चौथो जित निकालेको छ ।
बिहिवार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंलुरुलाई ६ विकेटले हराउँदै दिल्लीले अपराजित चौथो जित निकालेका हो ।
जितकालागि बैंगुलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । दिल्लीको जितमा केल राहुलले नटआउट ९३ बनाए । ट्रिस्टन स्टब्सले ३८ तथा कप्तान अक्षर पटेलले १५ रन बनाए ।
त्यसअघि एम चिन्नास्वामी स्टेडियम बैंलुरुमा टस हारेर पहिले ब्याटिङमा तानिएको बैलुरुले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । उसकालागि फिल साल्ट र टिम डेभिडले समान ३७–३७ रन जोडे । कप्तान रजत पाटिदारले २५, ,तथा विराट कोहलीले २२ रन बनाए ।
जितकाबावजुत दिल्ली दोस्रो स्थानमा यथावत रहँदा हारेपनि बैंगुरु तेस्रो स्थानमै छ ।