HAPPY NEW YERA HAPPY NEW YERA

रोबर्टो कार्लोस नेपाल आउने

शुक्रबार, चैत २९, २०८१

काठमाडौँ : ब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन् ।

काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्नकालागि उनी नेपाल आउन लागेका हुन् । उनी वैशाख ५ गते नेपाल आउने भएका हुन् । एनएसएलका आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले कार्लोस नेपाल सुपर लिग २०२५ को विशेष पाहुना (गेष्ट) को रुपमा सहभागि हुने जनाएको छ ।

कार्लोसले सन् २००२ मा ब्राजिलका लागि फिफा विश्वकप जितेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्