HAPPY NEW YERA HAPPY NEW YERA
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

दशौँ राष्ट्रिय खेलकुद अन्यौलमा, भाखा फेर्दै सरकार

प्रतियोगिताको मिति तेस्रो पटक स्थगित
शुक्रबार, चैत २९, २०८१

काठमाडौँ : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तेस्रो पटक पनि स्थगित भएको छ ।

सरकारले असोज देखि पटक पटक भाखा राखेर मिति तोकेपनि समयमै प्रतियोगिता हुन नसकेको हो । प्रतियोगिताको तयारी विषयमा शुक्रवार निर्णय गर्न बोलाइएको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् ।

सरकारले कर्णालीलाई केन्द्रमा राखेर आगामी जेठ ३–१० गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने घोषणा गरेको थियो । सरकारले गत असोजकालागि मिति घोषणा गरेपनि तयारी नपुगेको भन्दै यही चैत २३ गतेदेखि ३० सम्मका लागि तय गरिएको थियो । उक्त समयमा पनि तयारी नपुगेपछि जेठका लागि नयाँ मिति घोषणा गरिएको थियो ।

तोकिएको तेस्रो मितिमा पनि खेल नहुने भएपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्यौलता थपिएको छ । अब वर्षाको मौसम पनि सुरु हुने भएकाले प्रतियोताको भविष्यथप अनिश्चित बनेको हो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पोखरामा भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्