HAPPY NEW YERA HAPPY NEW YERA

चेन्नाई विरुद्द कोलकात्ताले टस जित्यो 

शुक्रबार, चैत २९, २०८१

काठमाडौँ : इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा कोलकात्ता नाईटराईडर्सले चेन्नाई सुपर किङ्सविरुद्द टस जितेको छ ।

एम.ए. चिदम्बरम स्टेडियम चेन्नाईमा टस जितेको कोलकात्ताले फिल्डिङ रोजेपछि चेन्नाईले सुरुवाती ब्याटिङ गर्नुपर्नेछ । चेन्नाईको कप्तानी ४३ बर्षिय महेन्द्र सिंह धोनीले गर्नेछ । आईपिएलमा उनी सबैभन्दा जेठा कप्तान समेत हुन् ।

चेन्नाईले पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । अंक तालिकाको छैटौँ स्थानमा रहेको कोलकात्ता तेस्रो जितको खोजिमा रहँदा ९ औँ स्थानको चेन्नाई दोस्रो जित निकाल्न चाहान्छ ।

अहिले सम्म दुबै टोलीले समान ५ खेल खेल्दा कोलकात्ताले दुईमा जित र तीन खेलमा हार भोगेको छ । एक मात्रै खेल जितेको चेन्नाईले चार खेलमा हार ब्यहोरेको छ ।

जारी प्रतियोगितामा ८ अंक सहित गुजरात टाईटन्स शिर्ष स्थानमा छ । समान अंकको दील्ली क्यापीटल्स दोस्रो तथा ६ अंकको रोयल च्यालेन्जर्स बैंगुलुरु तेस्रो स्थानमा छ । चेन्नईले ऋतुराज गायकवाडलाई आज वेञ्चमा राखेको छ ।

उनको स्थानमा राहुल त्रिपाठीलाई मौका दिइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्