HAPPY NEW YERA HAPPY NEW YERA

हिजाजीको ह्याट्रिकमा धनगढी शीर्षमा, काठमाडौँ ३–१ ले पराजित

शुक्रबार, चैत २९, २०८१

काठमाडौँ : धनगढी एफसी नेपाल सुपर लिग (एलएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा शुक्रवार साँझ भएको खेलमा काठमाडौं रेजर्सलाई पराजित गर्दै धनगढी ८ अंक सहित लिगको शीर्ष स्थानमा उक्लिएको हो । एक शुन्यले पछि परेको अबस्थालाई उल्ट्याउँदै धनगढीले काठमाडौँ विरुद्द ३–१ को जित निकालेको हो ।

धनगढीको जितमा अहमद हिजाजीले ह्याट्रिक गोल गरे । अग्रता भने काठमाडौंले लिएको थियो । उसकालागि खेलको २१ औँ मिनेडमा अमाडाउमा डियोपले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा धनगढीकालागि अहमद हिजाजीले बराबरी गोल फर्काए ।

खेलको ४१ औँ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हिजाजीले ह्याट्रिक पुरा गरे ।

जारी एनएसएलमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् । खेलको ८७ औँ मिनेटमा खेलाडीहरुबीच धकेलाधकेल भएपछि खेल केहि बेर अवरुद्द हुन पुग्यो । जसका कारण दुबै टोलीका एक एक खेलाडीले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि १०–१० खेलाडीमा सिमित बनेको थियो ।

यसअघि धनगढी ५ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा थियो । ८ अंकको ललितपुर सीटी एफसी दोस्रो तथा ७ अंकको एफसी चितवन तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोबर्टो कार्लोस नेपाल आउने
शुक्रबार, चैत २९, २०८१

प्लानिङ ब्वाइजको पाँचौ जित
शुक्रबार, चैत २९, २०८१