सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेशन्स कप टि–२० क्रिकेटमा नेपालले आज घरेलु टोली हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समयअनुसार आज विहान ११:१५ बजे मोङककमा हुने खेलमा नेपाल घरेलु टोलीलाई हराउँदै फाईनल पुग्ने दाउमा छ । जारी प्रतियोगितामा नेपाल एक मात्रै अपराजित टोली हो । खेलका दुबै खेलमा जित निकालेको नेपाल शिर्ष स्थानमा छ ।
पहिलो खेलमा अहिले कुवेत र कतारबीच प्रतिस्पर्धा हुँदैछ । कतारलाई हराउँदै कुवेत पनि फाइनल पुग्न चाहान्छ । जितबिहिन रहेको कतारको फाइनल सम्भावना भने सकिसकेको छ । नेपालसहित हङकङ र कुवेत मध्ये अंक तालिकाको शिर्ष दुईमा रहने दुई टोली फाइनलमा पुग्नेछ । कतार र अर्को एक टोलीले तेस्रो स्थानकालागि प्रतिस्पर्धा गर्नेछ ।
खेलेका दुइ खेलमा एकमा हार र एकमा जित निकालेकाे हङकङ २ अक सहित दाेस्राे स्थानमा छ । समान अककाे कुवेत तेस्राे तथा कतार पुछारमा रहेकाे छ । ४ अक सहित नेपाल शीर्षमा छ ।