ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकी भिषा कुर्दै सन्दीप लामिछाने 

मंगलबार, जेठ ८, २०८१

काठमाडौँ  : टी–२० विश्वकप क्रिकेट खेल्न सन्दीप लामिछाने छिट्टै अमेरिका जाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई विश्वकपमा सहभागी गराउन आवश्यक सवै प्रकृया पुरा गरिसकेकाले उनी छिट्टै अमेरिका उड्ने जनाएको छ । लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन पठाउने सम्बन्धमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लगायत सम्बन्धित निकायमा गम्भीरतापूर्वक पहल गरिरहेको समेत क्यानले जनाएको छ ।

क्यानले लामिछानेलाई पठाउन अमेरिकाको भिषा प्रक्रिया समेत अघि बढाएको जानकारी गराएको छ । बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाई पाएलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेलाई बिश्वकप खेलाउन अमेरिका पठाउन तिव्र तयारी थालेको हो ।

लामिछानेलाई विश्वकप अघिको अभ्यास खेलमा सामेल गराउने गरी क्यानले गर्नुपर्ने सबै कागजी प्रकृया पूरा गरिसकको क्यानले सुचना मार्फत जानकारी गराएको हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्