ADD FOR WEBSIDE ADD FOR WEBSIDE

शिर्ष स्थानको गुजरात लखनाउसंग स्तव्ध

शनिबार, चैत ३०, २०८१

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा शिर्ष स्थानको गुजरात टाइटन्स लखनाउ सुपर जायन्ट्ससंग स्तब्ध बनेको छ ।

आज भएको खेलमा गुजरात लखनाउसंग ६ विकेटले पराजित भएको हो । जितकालागि गुजरातले दिएको १८१ रनको लक्ष्य लखनाउले १९.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । लखनाउको जितमा निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । एडेन मार्करमले ५८ तथा कप्तान रिषभ पन्तले २१ रन जोडे ।

त्यसअघि एकना स्टेडियम टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । उसकालागि कप्तान शुभमन गिलले सर्वाधिक ६० रनको योगदान गरे ।

साई सुदर्शनले ५६ , शेर्फेन रदरफोर्डले २२, जश बटलरले १६ रन जोडे । 
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्