सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इन्डियन प्रिमियर लिग (आएपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ ।
शनिवार-राती भएको खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै हैदरावादले दोस्रो जित दर्ता गरेको हो । जितकालागि पञ्जावले दिएको २ सय ४६ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा १८.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
हैदरावादको जितमा अभिषेक शर्माले शतकीय पारी खेले । ५५ बल खेलेका उनले १४ चौका र १० छक्कामा १ सय ४१ रनको योगदान गरे । आईपिएलमा उनको यो पहिलो शतक पनि हो । ट्रेभिस हेडले ६६ रन बनाए । हर्निच क्लासन २१ तथा इसान किसन ९ रनमा अविजित रहे ।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । उसकालागि कप्तान श्रेयस अयरले सर्वाधिक ८२ रन जोडे । प्राभिसिमरन सिंहले ४२ , प्रियान्स आर्याले ३६ तथा नेहाल वादेराले २७ रन बनाए ।
जितसंगै ६ खेलमा ४ अंकसहित हैदरावाद आठौँ स्थानमा उक्लिएको छ