यू–१९ विश्वकप छनौट: नेपाल र युएई खेल्दै
काठमाडौँ :आइसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप छनोटका खेलहरु आजबाट सुरु हुँदैछ ।
मुलपानी क्रिकेट मैदानमा आजबाट सुरु हुने छनोटमा नेपालसहित पाँच राष्ट्र सहभागि छन् । खेलहरु काठमाडौंस्थित माथिल्लो मुलपानी क्रिकेट मैदान र तल्लो मुलपानी क्रिकेट रंगशालामा खेलाईने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । उ
द्दघाटन खेलमा आयोजक नेपालले युएईसंग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीबीचको खेल तल्लो मुलपानी मैदानमा विहान ९ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण क्यानको युट्युव च्यानलबाट हेर्न सक्नुहुनेछ ।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागि रहेका छन् ।
प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा स्थान बनाउनेछ । नेपालले अघिल्लो संस्करणको छनोट विजेता बन्दै विश्वकप खेलेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ ०७:५७
प्रतिक्रिया दिनुहोस्