सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेशन्स कप क्रिकेटमा नेपालले ऐतिहासिक हार ब्यहोरेको छ ।
आज भएको फाइनलमा नेपाल कुबेतसंग ३ रनले पराजित भएको हो । एकतर्फी रुपमा कुबेत हाबी भएको खेलमा बसिर अहमदले ध्वस्त इनिङ उकास्न खोजेपनि सफल हुन सकेनन् । जितकालागि कुबतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सवै विकेट गुमाउँदै १७१ रन मात्र जोड्न सक्यो ।
नेपाल कुवेतसंग पहिलो पटक पराजित भएको हो । नेपालकालागि बसिर अहमदले सर्वाधिक ८० रन जोडे । नन्दन यादवले ३७ तथा आशिफ शेखले २१ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहारो अंकको रन बनाउन सकेनन् ।
त्यसअघि हङकङको मोङककमा टस हारेर पहिले ब्याटिङमा तानिएको कुबेतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
उसकालागि रविजा सन्दारुवानले सर्वाधिक ६३ रन जोडे । उपाधिसगै कुबेतले समुहचरणमा नेपालसंग भोगेको हारको बदला समेत लिएको छ ।