ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फाईनल पुग्न केकेआरलाई १६० रनको लक्ष्य

मंगलबार, जेठ ८, २०८१

काठमाडौँ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको फाईनल पुग्न सनराईजर्स हैदरावादले कोलकता नाईटराईडर्स (केकेआर) सामु १६० रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको हैदरावाद १९.३ ओभरमा १५९ रनमा अलआउट भयो ।

हैदरावादकालागि राहुल त्रिपाठीले अर्धसतकिय पारी खेल्दै सर्बाधिक ५५ रनको योगदान गरे । हेनरिक क्लासेनले ३२ तथा कप्तान पाट कमिन्सले ३० रन जोडे ।

बिजेता टोली सिधै फाईनलमा पुग्ने छ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ  ।

कोलकता २० अंक सहित लिगको शिर्ष स्थानमा छ ।  १७ अंक सहित हैदरावाद दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्