सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
आज भएको उद्धघाटन खेलमा नेपालले डकवर्थ–लुइस डिएलएस नियम अनुसार युएईलाई ५ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । बर्षाका कारण ४० ओभरमा झारिएको खेलमा पुन वर्षा भएपछि खेलको नतिजा डकवर्थ–लुइसबाट लिईएको हो ।
जितकालागि नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाउँदा वर्षा भएपछि खेल अगाडी बढ्न सकेन । युएइकालागि याईन किरण राईले शतकिय पारी खेल्दै अविजित १०४ रन बनाएको थियो ।
त्यसअघि तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालकालागि कप्तान नरेन भट्टले ६७ रन बनाए । प्रतियोगिता अन्तर्गत नेपालले भोलि ओमानसँग खेल्ने तालिका छ ।