सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले हात पारेको छ ।
आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि उचालेको हो । जितकालागि सुनसरीले दिएको ९९ रनको सामान्य लक्ष्य मोरङले १७ दशमलव ३ ओभरमा ३ विकेटको क्षसतमा भेट्टायो । मोरङको जितमा वैजनाथ चौधरीले ३१ बनाउँदा अजय कर्णले २३ रनको योगदान दिए । सुनसरीका रोहन खडकाले २ विकेट लिँदा विवेक चन्दले १ विकेट लिए ।
त्यसअघि विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खडकाचले ११ रन बनाए ।
मोरङका मनोज राँयले ३ विकेट लिँदा वैजनाथ चौधरीले २ विकेट लिए । फाइनल खेलको प्लेयर अफ फाइनल मोरङका अलराउण्डर खेलाडी वैजनाथ चौधरी भ एभने प्लेयर अफ सिरिज र उत्कृष्ट बलर पनि मोरङकै वैजनाथ चौधरी घोषित भए ।
त्यस्तै उत्कृष्ट ब्याटर पनि मोरङकै अजय कर्ण भए । विजयी तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकाश समितका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश खेलकुद बार्डका कार्यलय प्रमुख कालीदास भट्टराई, बहिरा क्रिकेट संघका केन्द्रीय सचिव अरविन्द चौधरी, विराट बहिरा मावि व्यवस्थापन समितिका अध्यक्ष डा. मिना जोशी र बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
बहिरा क्रिकेट संघ मोरङको आयोजनामा भएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि ४ टिम सहभागि थिए । राउण्ड रोविनको आधारमा खेलाएको प्रतियोगितमा करिव १२ लाख खर्च हुने अनुमान आयोजकले लगाएको छ ।