सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
आज भएको आफ्नो दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपालले दोस्रो जित दर्ता गरेको हो । जितका लागि ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा निरजकुमार यादवले सर्वाधिक ४६ रनको योगदान गरे । साहिल पटेलले ४३ रन तथा कप्तान नरेन भट्टले अविजित १२ रन बनाए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमात्र बनाउन सक्यो । ओमानका लागि जीतव्रजेश शाहले सर्वाधिक ५२ रनको योगदान गरे भने सिद्धार्थ सौम्य शंकरले १६ तथा प्रतिश हेमा रमेशले १० रन बनाए । बलिङतर्फ युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए ।
जितसँगै २ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।