सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।
सोमवार राति भएको खेलमा चेन्नईले लखनउलाई उसकै मैदानमा ५ विकेटले हराएको हो । लखनउले दिएको १६७ रनको लक्ष्य चेन्नईले १९.३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । चेन्नईका लागि शिवम दुवेले सर्वाधिक ४३ रन जोडे । रविन्द्र जडेजाले ३७ तथा महेन्द्रसिंह धोनीले २६ रन बनाए ।
त्यसअघि अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६६ रन जोडेको थियो । उसकालागि लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए ।
मिचेल मार्सले ३०, आयुष बदोनीले २२ तथा अब्दुल समदले २० रन बनाए । जितका बावजुत चेन्नई अंक तालिकाको पुछारमा छ ।