सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
क्यौरानी : मेलम्ची नगरपालिका वडा नम्बर ८ मा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। वडा कार्यालय र सिन्धु स्पाइडर युवा क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता वैशाख ५ र ६ गते सञ्चालन हुने क्लबले जनाएको छ । प्रतियोगितामा टोल सुधारका खेलाडीहरू साथै शिक्षक तथा कर्मचारीहरू सहभागिता जनाउन पाउने बताइएको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले ३३ हजार ३ सय ३३ दोस्रो हुने टोलीले २२ हजार २ सय २२ तेस्रो हुनेले ११ हजार १ सय ११ र सान्त्वना हुने टोलीले ३ हजार ५०० प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अरुण तामाङले जानकारी दिए ।
वडा नम्बर ८ को खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताको लागि २००० दर्ता शुल्कसहित वैशाख ४ गतेभित्र टिमदर्ता गरिसक्नुपर्ने आयोजक क्लबका सचिव रामबहादुर स्याङ्बोले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोल सुधार समूहका खेलाडीहरु तथा शिक्षा कर्मचारीहरूले नियम अनुसार सबै टोल तथा शिक्षक कर्मचारीहरुलाई नियम अनुसार टिममा दर्ता गराउन पनि उनले अनुरोध गरे ।