सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा नेपालले आज हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा विहान ९ः३० बजे हुने खेलमा नेपाल लगातार तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा अफगानिस्तानसंग हारेको हङकङ पहिलो जितको खोजिमा रहेको छ ।
माथिल्लो क्रिकेट मैदानमा आजै हुने अर्को खेलमा अफगानिस्तान र युएई भिड्दैछन् । वर्षा बाधक बन्दा डिएलएस नियमअनुसार नेपालसंग पराजित भएको युएई पहिलो जित निकाल्न चाहान्छ ।
नेपालले पहिलो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितमा ४ अंक सहित अफगानिस्तान शिर्ष स्थानमा छ । उसले खेलेका दुवै खेलमा जित निकालेको छ । समान खेलबाट समान ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । युएई तेस्रो तथा हङकङ चौथो स्थानमा छ ।
एक-एक खेलेका दुवै टोलीले हार ब्यहोरेका छन् । खेलका दुवै खेलमा पराजय भोगेको ओमान पुछारमा रहेको छ ।
यस्तो छ अंक तालिका :