HAPPY NEW YERA HAPPY NEW YERA

केकेआरलाई हराउँदै पञ्जाव शीर्ष चारमा

मंगलबार, वैशाख २, २०८२

काठमाडौँ :पञ्जाव किङ्स इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको चौथो स्थानमा उक्लिएको छ ।

मंगलवार राती भएको खेलमा कोलकत्ता नाईड राईडर्स (केकेआर)लाई १६ रनले हराउँदै पञ्जावले अंक तालिकामा दुई स्थान सुधार गरेको हो । यसअघि पञ्जाव छैटौँ स्थानमा थियो ।

जितकालागि पाएको ११२ रनको सामान्य लक्ष्य पछ्याएको कोलकात्ता ९५ रनमा अलआउट भयो । उसकालागि अंगकृश रघुवंशीले सर्वाधिक ३७ रन जोडे । आन्द्र रसेल र कप्तान अजिन्क्या रहानेले समान १७ रन जोडेपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । 

एक समयमा ३ विकेट गुमाएर ७२ रन बनाएको केकेआरले  रघुवंशी आउटभएसँगै लगातार विके६ गुमाउन पुग्याे । उसले ७ रन भित्र ५ विकेट गुमाएकाे थियाे। यस क्रममा वेङ्कटेश अय्यर, रिंकु सिंह,  अंगकृश रघुवंशी, रमनदीप सिंह र हर्षित रानाको विकेट पतन हुन पुग्याे ।

वेंकटेशले  ७ रन बनाउ‌ँदा ठूलो स्कोर जाेड्ने अपेक्षा गरिएका रिंकु सिंह  २ रनमा पभेलियन फर्किए ।केकेआरलाइ सस्तैमा समेट्ने क्रममा  युजवेन्द्र चहलले घातक  बलिङ गरे । उनले ४ ओभरमा मात्र २८ रन दिएर महत्वपूर्ण  चार विकेट लिए। 

 त्यसअघि मोहालीमा टस जितेर सुरुवाती ब्याटिङ थालेको पञ्जावले १५.३ ओभरमा सवै विकेट गुमाएर १११ रन बनाएको थियो ।

उसकालागि प्रभसिमरन सिंहले सर्वाधिक ३० रन जोडे । प्रियांश आर्यले २२ तथा शशांक सिंहले १८ रन बनाएका थिए ।  जितसंगै पञ्जावले ८ अंक बनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २३:३०
प्रतिक्रिया दिनुहोस्