HAPPY NEW YERA HAPPY NEW YERA

भारतको स्थानीय क्लबसंग हार्यो नेपाल

शुक्रबार, चैत २३, २०८०

काठमाण्डौँ । भारतमा जारी एसएमएस फ्रेन्डशिप कप क्रिकेटमा नेपालले पहिलो हार बेहोरेको छ। लिगको अन्तिम खेलमा आज शुक्रवार नेपाल घरेलु टोली बरोडासँग ३७ रनले पराजित भएको हो।

 जितका लागि घरेलु टोली बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमात्र बनाउन सक्यो। नेपालका लागि सन्दिप जोराले सर्बाधिक ५६ रनको योगदान गरे।

४३ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। विवेक यादवले १७ रन जोडे। त्यसअघि साई मेघपान स्पोर्ट्स लाइफ क्रिकेट मैदानमा टस जितेर शुरुवाती ब्याटिङ थालेको बरोडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो। नेपाल र गुजरात दुवै टोली यसअघि नै फाइनल प्रवेश गरिसकेका छन्। फाइनल खेल पर्सि आइतवार हुनेछ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्