ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

केकेआर चौथो पटक आईपीएलको फाइनलमा

मंगलबार, जेठ ८, २०८१

काठमाडौँ :कोलकाता नाईट राईडर्स (केकेआर) ईण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रबेश गरेको छ । मंगलवार राती भएको खेलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै केकेआर चौथो पटक फाइनलमा पुगेको हो ।

जितकालागि हैदरावादले दिएको १६० रनको लक्ष्य केकेआरले १३.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । केकेआरको जितमा कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले बिस्फोटक ब्याटिङ गरे । २४ बलको सामना गरेका श्रेयसले ५ चौका र ४ छक्काको मद्धतमा अविजित ५८ रन जोडे । वेंकटेशले पनि अर्धसतक प्रहार गर्दै अविजित रहे । २८ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन जोडे । रहमानउल्लाह गुरबाजले २३ तथा सुनिल नारायणले २१ रन जोडे ।

त्यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको हैदरावाद १९.३ ओभरमा १५९ रनमा अलआउट भयो । हैदरावादकालागि राहुल त्रिपाठीले अर्धसतकिय पारी खेल्दै सर्बाधिक ५५ रनको योगदान गरे । हेनरिक क्लासेनले ३२ तथा कप्तान पाट कमिन्सले ३० रन जोडे ।

पराजित हैदरावाले अव बुधवार हुने रोयल च्यालेन्जर्स बैङलुरु र राजस्थान रोयल्सबीचको बिजेतासंग फाईनल प्रवेशका लागि खेल्ने मौका पाउनेछ । सन् २०१२ मा फाईनलमा चेन्नेईलाई ५ विकेटले हराउँदै उपाधि चुमेको केकेआरले सन् २०१४ मा पञ्जाव किंग्सलाई ३ विकेटले हराउँदै दुई पटक उपाधि उचालेको थियो ।

सन् २०२१ मा फाईनल पुगेपनि केकेआर चेन्नेईसंग २७ रनले पराजित हुँदा उपाधि चुम्न चुकेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्