हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य 

बुधबार, वैशाख ३, २०८२

काठमाडौँ :आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा हङकङले नेपाललाई जितकालागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर सुरुवाती ब्याटिङ थालेको हङकङले ४६.२ ओभरमा सवै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । उसकालागि शिव माथुरले सर्वाधिक ६३ रनको योगदान गरे । ,आर्य पज्वानीले १३ ,वीर माथुरले  १२ तथा ह्यारी थोमसले १० रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ युवरात खत्रीले सर्वाधिक चार विकेट लिए । बिपीन शर्माले तीन तथा सन्तोष यादवले दुई विकेट लिँदा अशोक धामीले एक विकेट आफ्नो नाममा लेखाए । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्